सोमवार, जेष्ठ ७, २०८१

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं साउन ३२ ,

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ ।

त्यस्तै महाशाखाले भारी वर्षासंगै मेलम्ची नदीको जलसतह बढेको जनाउँदै मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जनाउनुको अलावा अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्त} महाशाखाले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एकाध स्थानमा मध्यम वर्षा भइरहेको जनाउदै आज दिउँसो देशभरि सामान्य बदलीसंगै पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एकाध स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु