सोमवार, जेष्ठ ७, २०८१

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं साउन ३१,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार दायर मुद्धामा अर्यालविरुद्ध आर्थिक वर्ष २०७७र०७८ मा सम्पन्न भएका वडा नं। ३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा ६ र ७ मा भएका विकासका कामहरुमा भ्रष्टाचार गरेको जिकिर गरिएको छ।

त्यस्तै वडा सचिव गुलाव यादवलाई दुई लाख रुपियाँ, तत्कालीन वडा अध्यक्ष नारायणबहादुर यादवलाई पाँच लाख, प्रोपाइटर विनोदबाबु तिवारीलाई ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनलाई तीन लाख ६० हजार र प्रोपाइटर अमरीश यादवविरुद्ध दुई लाख रुपियाँ भ्रष्टाचार आरोपगरेको अनुसन्धानको क्रममा खेलेको आयोगले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु