सोमवार, जेष्ठ ७, २०८१

संसदको अवरोध खुलाउन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवाद गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौ साउन ३१,
करिव ३ साता यतादेखि संसदमा जारी अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदको गतिरोध छलफल भएको छ।

प्रमुख प्रतिपक्षी दलनेकपा एमाले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठनको माग गर्दै संसद बैठकमा अवरोध गर्दै आएको छ ।

प्राप्त जानकारी अनुसार आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी रहेको बैठकले संसदमा जारी गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको थाहा भएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु