सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरण : पक्राउ परेका दुई चिनियाँ चिनियाँ नागरिकसंगै रोहन अडुकिया थुनामुक्त

 काठमाडौं साउन २७ ,

सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ चिनियाँ नागरिक ली जियालिङ र लिउ फुयान संगै व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया थुनामुक्त भएका छन् ।

शुक्रबार हिमालय एयरको उडानबाट चीन जान लागेका दुई चिनियाँलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागले पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो [सीआईबीलाई]बुझाएको थियो । तर अनुसन्धानको क्रममा सुन प्रकरणमा उनीहरुको संलग्नता नदेखिएको जनाउ सहित सीआईबीले शनिबार थुनामुक्त गरेको जनाएको छ ।

यसवीचमा शुक्रबार दिल्लीबाट आएका सुन व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियाकालाइ राजस्वको अनुरोधमा अध्यागमनले पक्राउ गरेका सीआईबीले सुन तस्करी काण्डमा उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै बुझ्न नमानेपछि उनलाइ पनि थुनामुक्त गरेको हो ।  सुन तस्करी प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना यसअघि पक्राउ परिसकेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु