सोमवार, जेष्ठ ७, २०८१

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न आदेश

काठमाडौं साउन २६,
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका कांग्रेसका सांसद सुनील शर्मालाई थुनामुक्त गर्न आदेश गरेको छ ।

सांसद शर्मालाई अनुसन्धानका लागि म्याद थपका लागि सीआईबीले अदालतमा पेश गर्दा अदालतले अनुसन्धानका लागि म्याद थप अस्वीकार गर्दै तारेखमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तर सोही प्करणमा पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि निजलाइ नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

अदालतले मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मा भागेर जाने अवस्था नदेखेको जनाउ सहित यस्तो आदेश भएपनि नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धान गर्न भने रोकेको छैन ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु