सोमवार, जेष्ठ ७, २०८१

गोरखामा बरामद गरिएको ५२ केजी तीन सय ३० ग्रामको पत्थर ‘क्वार्ज क्रिस्टल’ भएको जियोलोजिस्ट टोलीको ठहर

काठमाडौं साउन २५,
प्रहरीले गत असार १४ गते गोरखाको सतिपिपलस्थित राममाया शाहीको घरबाट बरामद गरेको पत्थर ‘क्वार्ज क्रिस्टल’ प्रमाणित भएको छ । खानी तथा भूगर्भ विभागबाट गएको टोलीले दुई दिन लगाएर गरेको परीक्षणबाट सो पत्थर क्वार्ज क्रिस्टल रहेको प्रमाणित गरेको हो ।

खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट डा सुस्मिता भण्डारी नेतृत्वको टोलीले अध्ययनपछि ५२ केजी तीन सय ३० ग्रामको पत्थर क्वार्ज क्रिस्टल भएको प्रमाणित गर्दै अध्यन प्रतिवेदनमा जियोलोजिस्ट टोलीले यो पत्थर मुलत सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग हुने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई प्रतिवेदन बुझाएको हाम्रा सहकर्मीले जनाएको छ ।

त्यस्तै प्रतिवेदनमा उक्त पत्थर खानी तथा खनिज पदार्थ नियमावली २०५६ को अनुसूची १ बमोजिम महत्त्वपूर्ण तथा बहुमूल्य खनिज रहेको औंल्याउँदै अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ ।

तर शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको उक्त पत्थर गोरखकाली मन्दिर , गोरखनाथ मन्दिर परिसर वा गोरखा दरबार परिसरमा प्राणप्रतिष्ठा गरी राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु