सोमवार, जेष्ठ ७, २०८१

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा कांग्रेसका सांसद सुनील शर्मा पक्राउ

काठमाडौं साउन २५,
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा नेपाली कांग्रेसका सांसद सुनील शर्मालाइ गोल्फुटारस्थित आफ्नै निवासबाट सीआईबीले पक्राउ गरेका छन ।   मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्माले भारतबाट प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

सीआईबीले संघीय संसद् सचिवालयलाई सासंद शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी संविधान को धारा १०३ को उपधारा ६ अनुसार जानकारी दिएका छन ।

विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालकसमेत रहेका सासंद शर्माले प्रमाणपत्र तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस अध्ययन गरेका थिए ।पक्राउ परेका सांसद शर्मालाई सीआईबीको हिरासतमा राखिएको छ ।

यसैवीच लहरो तान्दा पहरो तानिन्छ भनेजस्तै पक्राउ परेका सांसद शर्मा उपर अकुत सम्पत्ति आर्जनमा सम्पत्ति शुद्धीकरण विभागबाट ४ वर्ष शुरु गरिएको अनुसन्धान संगै कर छली प्रकरणको समेत अवको चरणमा नयाँ शिराबाट अनुसन्धान हुँने सीआईबी स्रोतले जनाएको छ ।

त्यस्तै सांसद सुनिलकुमार शर्मासंगै थप चार जना चिकित्सकलाइ समेत प्रस्तु प्रकरणमा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेको सीआईबीले जनाएको छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु