सोमवार, जेष्ठ ७, २०८१

संवैधानिक परिषद्‌को बैठक : सर्वोच्चको ३१ औं प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद सिफारिस

काठमाडौं साउन १८,

आज अपरान्ह बसेको संवैधानिक परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाइ सिफारिस गरेका छन । गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट सेवानिवृत हुँने भएपछि प्रधानन्यायाधीशमा श्रेष्ठलाइ सिफारिस गरिएको हो ।

 संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्‍ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेपनि मौजुदा व्यवस्थाको विपरित दुइ दिन अघिमात्र सर्वोच्चको रोलक्रममा पहिलो नम्बरमा रहेका न्यायाधीश श्रेष्ठलाई ३१ औं प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

परिषदको सिफरिससंगै श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसैवीच महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि बैठकले प्रक्रिया अघि बढाउन १५ दिनको सूचना प्रकाशन गर्ने नितिगत निर्णय गरेको थाहा  भएको छ ।