सोमवार, जेष्ठ ७, २०८१

महासंघले शुक्रबार सूचना तथा प्रसारण विभाग घेराउ गर्ने

काठमाडौं साउन १८,
नेपाल पत्रकार महासंघले शुक्रबार सूचना तथा प्रसारण विभाग घेराउ गर्ने भएको छ ।

विभिन्न संचार गृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, न्युनतम पारिश्रामिक नदिने, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधाबाट वञ्चित गर्ने र काम गर्ने वातावरण नदिनेजस्ता कार्यको विरुद्ध आन्दोलन घोषणा गरेको महासंघले प्रेस रजिष्ट्रारको भूमिका प्रभावकारी नदेखिएकाले सूचना तथा प्रसारण विभाग घेराउ गर्न लागेको महासंघका महासचिव रोसन पुरीले जानकारी दिनुभएकोछ ।

त्यस्तै महासंघले विभाग घेराउसंगै प्रेस रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु