सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चको प्रन्या तथा न्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै 

[फाइल फोटो ]

काठमाडौं साउन १६,

आज  संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।  मुलत  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश तथा न्यायाधीश नियुक्तिको सिफारिसका लागि आज बैठक बस्न लागेको हो । संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्थाका  वाजुद पनि प्रधानन्यायाधीशले अवकाश पाउने ४ दिनअघिमात्र  बैठक बस्न लागेको हो ।

सर्वोच्चमा अहिले ६ न्यायाधीशको पद रिक्त छ भने प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि उमेर हदका कारण साउन २० बाट अनिवार्य अवकाश पाउँदैछन ।

यसवीचमा  प्रधानन्यायाधीश   कार्कीको अनिवार्य अवकाशसंगै   सर्वोच्चका  हाल बहालवाला    १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ  र   त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश प्रधानन्यायाधीशका  दावेदारका  रुपमा हेरिएको छ।

प्राप्त जानकारी अनुसार  आज बस्ने   परिषद्को  बैठकले   यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ  ।  वरिष्ठतमको रोक्रममा  सिफरिस भयो भने  विश्वम्भरप्रसाद श्रेष्ठ एकमात्र  दावेदार हुनेछ ।  आज बस्ने  परिषदको बैठकले सिफारिस गरेका उम्मेदवार  संसदीय सुनुवाइ समितिमा पठाइनेछ भने  समितिको प्रक्रियागत अनुमोदनसंगै  नियसक्तिका लागि  राष्ट्रपतिसमक्ष पठाइनेछ ।