सोमवार, जेष्ठ ७, २०८१

सोमबारी औशी व्रत: शिव मन्दिरमा भगवान शिवको पूजा आराधनाका लागि महिलाहरुको घुईचो

काठमाडौं साउन १,
आज तिथी अनुसार साउन महिनाको पहिलो र महिना अनुसार दोस्रो सोमबार । साउन वैदिक सनातन हिन्दु धर्मावलम्बिको पवित्र महिना भएकै कारण भगवान शिव पूजा आराधना सहित नेपाली हिन्दू नारीहरु ब्रत बसी आफ्ना पतिको दीघार्युको कामना गर्दैछन् ।

यसै अवसरमा शिवको पूजा आराधना गर्न र जल चढाउन देशभरिका शिव मन्दिरमा महिलाहरुको घुईचो लागेको छ ।साउन महिनामा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेकोले पुत्र नभएकालाई पुत्र प्राप्ति हुने, धन प्राप्ति हुने र विद्या प्राप्त हुने विश्वास अनुरुप ब्रत आरम्भ गरी शिवको पूजा आराधना गर्ने प्रचलन समेतको धार्मिक विस्वास समेत रहिआएको छ ।

हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा ग्रहण गरिने साउन महिनामा पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास रहिआएको छ । सोहि क्रममा पुशपतिनाथ, लगायतका शिव मन्दिरहरुमा जल चढाउने भक्तजनको घुइचो लागेको छ ।