सोमवार, जेष्ठ ७, २०८१

क्षतिपूर्ति नपाएको पीडितको गुनासो

BAC 5790 Hyundai Grand I10 Astha कारलाइ ठक्कर दिने ना ५ ख ७८१८ नं.को ट्रक

काठमाडौं असार २९,

काठमाडौंको सतुङ्गलमा ट्रकको ठक्करबाट कुच्चिएको कारको क्षतिपूर्तिका लागि कारधनीले क्षतिपूर्ति तिराइ दिन प्रहरीलाई अनुरोध गरेपनि कारवाही नभएको पीडितले गुनासो गरेका छन् ।

असार १३ गते साँझ काठमाडौंको कलंकीबाट थानकोटतर्फ जाँदै गरेको कारलाई सतुङ्गलमा पछाडीबाट आएको ना ५ ख ७८१८ नं. को ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परेका कार चालकलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

ट्रक चालक माधव अधिकारी फरार हुन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुर्घटना गराउने उक्त ट्रक एवम् चालकलाई ट्राफिक प्रहरी प्रभाग थानकोटले नियन्त्रणमा लिए पनि पछि छोडेको थियो । दुर्घटनामा कारमा पुगेको क्षति वापतको रकम तिराइ दिन कारचालक विश्वम्भर झाले ट्राफिक प्रहरी कार्यालय थानकोटमा निवेदन दिएपनि कारवाही नभएको बताएका छन् ।

[काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पिडितले दिएको निवेदन]

पीडितलाई क्षतिपूर्ति नपाएको अवस्थामा प्रहरीले ट्रक चालकलाई हिरासतमुक्त गरेको हो । ट्राफिक प्रहरी प्रभाग थानकोटको कार्यालयमा ट्रक व्यवसायी समितिका पदाधिकारी माधव सुबेदीलगायतको दबाबमा प्रहरीले ट्रक चालकलाई हिरासतमुक्त गरेको हो । ट्रकका सवारीधनी हेटौंडाका सागर रानाभाट हुन् ।