सोमवार, जेष्ठ ७, २०८१

औषधि विभागमा दर्ता नभएका क्याडीला र ज़ाइडस कम्पनीको औषधि बजारमा छ्याप-छ्याप्ती

Compojastion : Hydroquinone + Mometasone and Tretinoin

काठमाडौं असार २८,
नेपाली औषधि बजारमा पछिल्लो समय नियमक निकाय औषधि व्यवस्था विभागमा दर्ता नभएका र विभागबाट औषधि पैठारी अनुज्ञापत्र समेत प्राप्त नगरी भारतीय औषधि उत्पादन कम्पनीका विभिन्न व्रान्डका दर्ता नभएका कैयन औषधि निर्वाधरुपमा औषधि बजारमा छ्याप छ्याप्ती बिक्री बितरण हुने गरेको पाइएको छ ।

औषधि ऐन,२०३५ को दफा १० को व्यवस्था अनुरुप कुनैपनि किसिमको औषधि बिक्री–वितरण गर्न औषधि व्यवसायीहरुले आफ्नो व्यवसाय र औषधि विभागमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ । तर औषधि ऐन,२०३५ को दफा १० मा औषधिको उत्पादन वा पैठारीका लागि अनुत्रापत्र प्राप्त गर्नुपर्ने व्यवस्थाको वर्खिलाप मानव स्वास्थ्य माथि समेत खेलदवाद गर्दै गम्भीर घात गर्ने प्रकृतिका औषधि समेत व्यवसायीहरुले विभागमा दर्ता नगरी बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

विभागले पछिल्लो समय गत असार १९ मा नियमनको क्रममा सौन्दर्य प्रदायक भन्दै विक्री वितरण हुँदै गरेको अवस्थामा भारतस्थित केएलएम लेवोटरीजको उत्पादन मेलापिक इभर क्रिम २० ग्राम र २५ ग्राम संगै मेलापिक प्लस क्रिम २० ग्रामको औषधि विभागमा दर्ता नभएको र औषधिको पैठारीका लागि अनुज्ञापत्र समेत जारी नभएको जनाउ सहित  छालाजन्य रोग निदानको  लागि प्रयोग हुने उक्त औषधिको बिक्री वितरणमा रोक   लगाउँदै जारी गरेको सार्वजनिक सूचनाले समेत  औषधि बजारमा दर्ता नभएका औषधिको कारोवार हुने गरेको तथ्यलाइ सहजै पुष्टि गर्दछ ।

यहि क्रममा    भारतीय कम्पनी केएलएम लेवोटरीजको उत्पादन अन्र्तगत विभागमा दर्ता नभएका औषधिको चर्चासंगै नेपाली औषधि बजारमा भारतीय कम्पनी क्याडिलाको उत्पादन १५ ग्रामको स्किन साइन ,एसजी फर्माको उत्पादन एसकार लाइट र जाइडस जियोको स्कीन लाइट  जस्तो छालाजन्य समस्यामा प्रयोग हुने औषधि समेत  विभागमा दर्ता  नभएकोअवस्थामा    निर्वाध बिक्री वितरण हुन्दै आएको पाइन्छ ।  चिकित्सको सिफरिसमा मात्र विक्री वितरण गर्नुपर्ने यस्ता औषधि औषधि बजारको मुख्य हव मानिने क्षेत्रपाटी, हस्पिटल रहेका क्षेत्रमा सञ्चालित औषधि फार्मेसीसंगै छालाजन्य रोग निदानका लागि भन्दै खुलेको अस्पताल आसपासको क्षेत्रमा रहेको फार्मेसीमा  सहजै पाइने गरेको छ ।

भारतीय औषधि कम्पनी क्याडिला लगायतका कम्पनीको उत्पादित अन्य विभिन्न व्राण्डका औषधि विभागमा दर्ता रहेका छन । यस कम्पनीको औषधि आयात गर्ने नाम चलेका औषधि आयातकर्ताले पैठारी अनुज्ञापत्र समेत प्राप्त गरेका छन । तर स्किन साइन , स्किन लाइट, एसकार जस्ता औषधिको पैठारी अनुज्ञापत्र समेत जारी नभएको अवस्थामा सौन्दर्य प्रदायक क्रिमको नाममा यी औषधि कसरी भित्रिए भन्ने जन-जनको सोधाइ रहेको छ ।

विभागले यसअघि रुपन्देहीमा नियमनको क्रममा वरामद गरेको मेलापिक इभर क्रिम २० ग्राम र २५ ग्राम संगै मेलापिक प्लस क्रिमको कम्पोजिशन अनुरुपकै छालाजन्य रोगमा प्रयोग हुने  यी औषधिलाइ कस्मेटिक क्रिम विक्री वितरण  गर्दै आएको  छ ।   जुन औषधिको    प्रयोगले  स्वाभाविक रुपमा गम्भीरसाइड इफेक्ट संगै मानव स्वास्थ्यमा दिर्घकालीन गम्भीर घात गर्ने सरोकारवाला विज्ञहरुको जनाउ रेहेका  छन ।

यसरी  दर्ता नभएको र असुरक्षित औषधिको निर्वाध विक्री वितरण हुँदै गर्दा समेत विभागले नियमनको पक्षमा प्रभावकारी रुची नदेखाउँनु आफैमा ससंयको विषय बनेको छ । त्यसअर्थमा विभागले तत्काल क्याडीला कम्पनीको उत्पादन नेपाल आयात गर्ने आयातकर्ता माथिको नियमनमा समेत जागरुकता देखाउनुपर्ने अवस्था सिर्जना भएको छ।

 औषधि र यसको विक्री वितरणको नियमन गर्ने निकाय औषधि व्यवस्था विभागको गतिंशीलतामा देखिएको आग्रह र पूर्वाग्रहको उल्झन संगै औषधि ऐन २०३५ को दफागत व्यवस्था कार्यान्वयनको जिम्मा पाएको राज्यको आधिकारीक नियमक निकाय विभागले नियमन प्रक्रियामा प्रदर्शन गर्दै आइरहेको फितलोपनका कारण नेपाली औषधि बजारमा यो वा त्यो नाममा अनेकन खेलोफड्कोसंगै व्यवसायीको आवरणमा औषधि माफियाहरु सलबलाउँने क्रम बढेसंगै  सामान्य औषधिका उपभोक्ता देखि गम्भीर प्रकृतिका विरामी र उपभोक्ताले  आफ्नो  स्वास्थ्यमा नकारात्मक असर गर्ने अनेक किसिमको समस्या झेल्नु पर्ने अवस्थालाइ कुनै अवस्थामा स्वीकार्न सकिन्न 

त्यसअर्थमा विभागले  औषधि माफियाहरुको रजगजलाइ निष्प्रभावी बनाउँनका लागि तत्काल विभागमा दर्ता नभएको केएलएम लेवोटरीजको उत्पादन मात्र नभएर क्याडीला ,ज़ाइडस लगायतका कम्पनीको उत्पादनको समेत  छानविन गर्दै नेपाली उपभोक्ताले सुरक्षित एवम गुणस्तर सहितको औषधि सेवन गर्न पाउँने अधिकारको सुरक्षाका लागि  औषधि ऐन २०३५ को दफागत व्यवस्थाको अक्षरस कार्यान्वयनको मुल दायित्वमा  केन्द्रीत हुनु आवश्यक देखिन्छ ।