सोमवार, जेष्ठ ७, २०८१

ल्याब टेक्नोलोजिष्ट भट्टराई र वडाध्यक्ष मियाँविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं असार २१,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस लिँदै गरेको अवस्थामा भट्टराईलाइ आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालले पक्राउ परेका आरोपी भट्टराई उपर बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

यसैवीच आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।