सोमवार, जेष्ठ ७, २०८१

संसद बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति , बैठक अवरुद्ध

काठमाडौं असार २०,
आज बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी दल एमाले सहितका अन्य दलको विरोधपछि बैठक अवरुद्ध भएको छ ।

आजको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको भावना र स्वाभिमानमा ठेस लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गर्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने उद्घोष गरेपछि एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु विरोधमा उत्रिएको हो ।

राजीनामा माग गर्दै विपक्षीदलका सासंदहरु रोस्टम अगाडि उभिए पछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो ।  त्यसपछि बैठक पुन :सञ्चालन गर्न सभामुख घिमिरेले राजनीतिक दलहरुका सचेतकसँग परामर्श गरेका थिए । तर सहमति नजुटेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

स्मरण रहोस प्रधानमन्त्री प्रचण्डले राजधानीमा सोमबार आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको अभिव्यक्ति दिएपछि प्रम प्रचण्डको प्रस्तुत अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रम प्रचण्डले राष्ट्रलाई नै कमजोर बनाउने मात्र नभइ नेपालीको भावना र स्वाभिमानमा ठेस लागेको भन्दै विपक्षीदल विरोधमा उत्रेको हो ।