सोमवार, जेष्ठ ७, २०८१

काठमाडौ महानगरका बाहलवाला अधिकृत भट्टराई सहित थप तीनजना पक्राउ

काठमाडौं असार १७,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको सरकारी जग्गा प्रकरणमा काठमाडौ महानगरपालिकाका छैटौ तहका बाहलवाला अधिकृत शिवजी भट्टराई सहित थप तीनजनालाइ पक्राउ गरेका छन् । बाबुराजा महर्जन, घमनकुमार कार्की रहेका छन् ।

सीआईबीले भट्टराईले सरकारी जग्गा किनबेचका लागि वडासचिवका हैसियतमा सिफारिस गरेको अभियोगमा त्यस्तै बाबुराजा महर्जनलाई नक्कली मोही बनेको आरोपमा र तत्कालीन नापि अधिकृत घमनकुमार कार्की लाइ सरकारी जग्गा नभएको भन्दै सिफारिस गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीले प्रस्तुत प्रकरणमा यसअघि पक्राउ परेका चारजना र आज पक्राउ परेका तीन गरेर ७ जना पुगेको जनाएको छ ।

स्रोतका अनुसार तत्कालीन भौतिकपूर्वाधार मन्त्रीसमेत रहेका विजयगच्छदार, सचिव दीपकुमार बस्नेतसहितका पूर्व विशिष्ट पदाधिकारीसमेत ललिता निवासको सरकारी जग्गा प्रकरण अन्र्तगत कारबाहीको दायरामा तानिदै गरेको थाहा भएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु