सोमवार, बैशाख ३१, २०८१

मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति : नेपाली  कांग्रेस

काठमाडौं असार ६,
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस मुख्यालयले  मङ्गलबार साँझ जारी विज्ञप्तिमार्फत मन्त्री सिंह र पत्नी अमृतोदवी र भाउजू जयादेवीको निधनमा पार्टीले दुःख व्यक्त गरेको हो ।

त्यस्तै जारी विज्ञिप्तिमा कांग्रेस बझाङका पूर्वसभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह आफ्नो गृह जिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी उहाँसहित उहाँकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै स्वर्गीय सिंहले पार्टीको संगठन निर्माण र नेपाल लोकतान्त्रिक आन्दोलनहरुम सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।