मङ्लबार, अशोज १६, २०८०

प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं जेठ २६,
सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गर्न आदेश भएको छ।

लेनिन विष्टसहित ९ जना पूर्व बाल सैनिकहरूले माओवादी आन्दोलनका अगुवा नेताद्वय दाहाल र भट्टराईविरुद्ध युद्ध अपराधमा कारबाहीको माग गर्दै दिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो।

दायर रिटमा निवेदकहरूले दाहाल र भट्टराईले आफूहरूलाई अनाहकमा युद्धमा लगाएको र अनमिनको वर्गिकरणका क्रममा आफूहरूलाई ‘अयोग्य लडाकु’ घोषित गरेर शोषण गरेको जिकिर संगै बाल सैनिकका रूपमा पहिचान भएका २ हजार ९२७ जनालाई ‘अयोग्य लडाकु’ को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन्।

साथै आफूहरूलाई परिपूरण, क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीहरूका नाममा परमादेश जारी गर्न निवेदकहरूले माग गरेका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031