काठमाडौं जेठ १७,
आज निर्जला एकादशी ।आजको दिन पानी समेत नपिई व्रत गर्नाले मनोअभिलाषित फल पाइने विस्वास सहित घरघरमा तुलसीको बीज छर्दै मनाइएको छ ।
आजको दिन रोपेको तुलसीको बीज एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन तुलसी रोपिने सनातन धार्मिक मान्यता रहिआएको छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म अर्थात चतुर्मासको अवधिमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास सहित तुलसीको विशेष पूजा अर्चना गर्ने परम्परा रहिआएको छ।