बुधबार, अशोज १७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं जेठ १६,
गत जेठ १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाका पक्राउ परेका आरोपीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा शुरु भएके बयान प्रक्रिया आज पनि ‘हेर्दाहेर्दै’मा सकिएको छ ।

जेठ १० गते काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दाको बयान लिने कार्य जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ‘हेर्दाहेर्दै’मा राखेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी धन्दा अन्र्तगत पक्राउ परेका १६ जना र फरार रहेको १४ जना समेत गरि ३० जनालाई प्रतिवादी रहेका यस प्रकरणमा प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी,  कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु