शनिबार, बैशाख ८, २०८१

चौधरीको सजाय माफी दण्डहीनताको पराकाष्ठा : इन्सेक

इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा

काठमाडौं जेठ १५,
गणतन्त्र दिवसका अवसरमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को सिफारिसमा टीकापुर घटनामा दोषी ठहर भई कैद सजायँ भोगिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद राष्ट्रपतिबाट आम माफी दिएसंगै कैलालीको टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी छिन ।  यद्यपी बोहराले दर्ता गराएको रिट सर्वोच्च अदालत प्रशासन अध्ययनको क्रममा रहेको जानकारी दिइन्

त्यस्तै अनौपचारिक सेवा कन्द्र इन्सेकले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिन गरेको निर्णयप्रति इन्सेकको आपत्ति जनाएको छ ।  इन्सेकले एक विज्ञप्ति जारी गर्दै ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु हुँदैन भन्ने न्यायको सर्वमान्य मान्यतालाई लत्याएको बताएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा कैलालीको टीकापुरमा २०७२ भाद्र ७ गते एक बालकसहित आठजना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई जेलमा रहेका व्यक्तिलाई सजाय माफीका लागि सिफारिस गर्नु दण्डहीनतालाई प्रश्रय दिनु हो,’ भनिएको छ ।

स्मरण रहोस, सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख रहेपनि भ्रष्टाचार, जबरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, कुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा रहेको स्पष्ट व्यवस्था विपरित सरकारले चौधरीलाइ आम दिएको उल्लेख गरिएको छ ।