बुधबार, अशोज १७, २०८०

भोटो देखाउने जात्रासंगै रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न

काठमाडौं जेठ ११
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइएको छ । उपत्यकाको सबैभन्दा लामो समय मनाइने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन अन्र्तगत ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाउने जात्रा मनाइएको हो

आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा लतिपुर जिल्ला गुठीसंस्थानका लेखापालले भोटो देखाउनुभएको जात्रा हेर्नका लागि ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीको समेत सहभागिता रहेको थियो । त्यसअवसरमा  उपराष्टपति रामसहाय यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे लगायत उच्च पदस्थ राष्टसेवकहरुको उपस्थिती रहेको थियो ।

 मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका सम्बन्धमा प्राप्त किवदन्ती अनुसार बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मछिन्द्रनाथकै जिम्मामा रहने लोककथन छ । उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं दर्शकका सामु देखाउने चलन छ । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरुप रत्नजडित भोटो दिएका थिए ।

किसानले खेतको आलीमा राखी काममा व्यस्त भएका बेला भोटो हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफनो भोटो चिनेर दावी गरेका छन् ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै परेको विवाद राजासम्म पुर्याउदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्दनाथको जिम्मा रहने र सोहि परम्परा अनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु