आइतवार, जेष्ठ १४, २०८०

आज ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको परम्परागत भोटो देखाउने जात्रा मनाईंदै

काठमाडौं जेठ ११,
वर्षा र सहकालका देवताको रुपमा पूजीने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन अन्र्तगत ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाउने जात्रा मनाईंदैछ ।

उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राष्ट्रपतिको उपस्थितिमा ललितपुरको जावलाखेल चोकमा आयोजना हुने गर्दछ । आजको जात्रामा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक राष्ट्रप्रमुखका रुपमा जात्रामा सहभागी हुनेछन् ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका सम्बन्धमा प्राप्त किवदन्ती अनुसार बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मछिन्द्रनाथकै जिम्मामा रहने लोक कथन छ । उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन लाखौंं दर्शकका सामु देखाउने चलन छ । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरुप रत्नजडित भोटो दिएका थिए ।

किसानले खेतको आलीमा राखी काममा व्यस्त भएका बेला भोटो हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफनो भोटो चिनेर दावी गरेका कछन् ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै परेको विवाद राजासम्म पुर्याउदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्दनाथको जिम्मा रहने र सोहि परम्परा अनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ ।

त्यस्तै जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयलेकाठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
मन्त्रालयले जात्राको अवसरमा सबैमा शुभकामनासहित मर्यादित रुपमा जात्रा मनाउन समेत मन्त्रालयले अनुरोध गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930