आइतवार, जेष्ठ १४, २०८०

नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणका आरोपीहरु विरुद्ध आज अभियोजन दर्ता हुँदै

काठमाडौँ जेठ १०,

 नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेका  आरोपीहरु विरुद्ध  जिल्ला सरकारी वकिलको कार्यालयले आज   अदालतमा अभियोजन दर्ता गर्ने  तयारी  भइरहेको  जनाएको  छ। अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

 प्रस्तुत  प्रकरणमा  प्रहरीले    पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ  गरेका छन  भने  अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय  सहितको  अनुसन्धान  प्रतिवेदन    जिल्ला सरकारी वकिलको कार्यालयलाइ बुझाएको  हो ।  प्रतिवेदनमा    पक्राउ परेका आरोपी ििवरुद्ध   ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगी संगै  सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन सक्ने  राय प्रहरीले  उल्लेख गरेको  बुझिएको  छ।

  स्म्रण रहोस  शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा ९एमाले० का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव ९निलम्वित सचिव० टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् भने पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकथापा , इन्द्रजित राईका छोरा नीरजराई  सहितका १७ जना फरार रहेको  जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930