शनिबार, बैशाख ८, २०८१

प्रतिनिधिसभा  बैठक: आज पनि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले आफ्ना धारणा राख्ने

काठमाडौं जेठ ९,

आज बिहान ११ बजे बस्ने  प्रतिनिधिसभाको बैठकमा नेपाल सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ ।  आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै यसपटक सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिए पनि आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रतिपक्षीले मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले पनि संशोधन दर्ता गराएका छन् ।

त्यस्तै प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नसमेटेको भन्ने आशय सहितको टिप्पणी गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको पहिलो दिनको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो धारणा राखेका थिए । यस्तै छलफलको दोस्रो दिन सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका शीर्ष नेताले सम्बोधन गरेका थिए ।