शुक्रबार, चैत्र १६, २०८०

लोककल्याणकारी विज्ञापन बापतको रकम जसरी पनि उपलब्ध गराइने छ :  सञ्चारमन्त्री शर्मा

उपत्यका प्रदेश समितिको अगुवाइमा जारी आन्दोलन रोक्न सञ्चारमन्त्री शर्माको आग्रह

 काठमाडौं जेठ ९,

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बापत मिडियाले पाउने रकम नरोकिने बताउनुभएको छ।
नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको हो।

अहिले रकम कटौती गरेको नभइ विनियोजित बजेटको रकम अपुग भएको हो। हामीले जेठ १ गते नै अर्थमन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गर्दै रकम निकासाका लागि पत्राचार गरिसकेको उहाँले बताउनुभयो । साथै मन्त्री शर्माले अर्थबाट रकम आउने छ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर लोककल्याणकारी विज्ञापन बापतको रकम जसरी पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 त्यस्तै महांसघ उपत्यका प्रदेश समितिको अगुवाइमा जारी जारी आन्दोलन रोक्नसमेत आग्रह गर्दै लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

 ज्ञापन बुझाउन महासंघ प्रदेश समितिका अध्यक्ष श्रीजन झा केन्द्रीय महासचिव रोशन पुरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदर प्रसाद दवाडी, नेपाल पत्रकार महासंघको प्रदेश समितिका महासचिव टेनिस रोका, कोषाध्यक्ष अर्जुन पन्त, प्रदेश समितिका सदस्यसंगै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी, सचिव महेश गौतम लगायत दजनौं बरिष्ठ सञ्चारकर्मीहरु सञ्चारमन्त्रालय पुगेका हो ।