शुक्रबार, चैत्र १६, २०८०

पत्रकार महासङ्घ विज्ञापन बोर्डको नियतिविरुद्ध आन्दोलित

 काठमाडौं जेठ ७,
नेपाल पत्रकार महासङ्घले विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी वि ज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी वैशाख ३१ गते प्रकाशित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीद्वारा प्रकाशित विज्ञप्तिमा छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको  उल्लेख गरिएको छ ।

तयस्तै जारी विज्ञप्तिमा कोभिड सङ्क्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा अनेकन व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धराशायी हुने भन्दै महासङ्घले लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध छ भन्दै यस्ता निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

यसैवीच पत्रकार महासंघ उपत्यका प्रदेश समितिले छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्ने माग सहित आजबाट आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको पहिलो दिन आज विज्ञापन बोर्डको कार्यालयमा एक घण्टे धर्ना सहित विरोधका कार्यक्रम शुरु गरेको हो ।

विरोध कार्यक्रममा अग्रज पत्रकार इश्वरी वाग्ले , प्रभुनारायण बस्नेत, प्रदेश समिlत मातहतका जिल्लf शाखा  ललितपुरका अध्यक्ष सागर न्यौपाने, काठमाडf}+sf   सचिव महेश्वर गौतम, प्रेस चौतारीका उपत्यका इन्चार्ज राजिव सिलवाल , प्रेस सेन्टका उपाध्यक्ष विदुर खड्का र प्रेस युनियनका वागमती उपाध्यक्ष जीवन भण्डारी , नेवा राष्टिय पत्रकार दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासंघका सचिव गोविन्द चौलागाइ, प्रदेश अध्यक्ष श्रीजन झाले आन्दोलनको आवश्कता र औचित्यमाथि प्रकाश पार्नु भएको थियो। धर्ना कार्यक्रम भोली पनि जारी रहने प्रदेश अध्यक्ष झाले जानकारी दिनुभयो ।