बिहिबार, बैशाख ६, २०८१

सिङ्गापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगी गर्ने निरौला पक्राउ

काठमाडौं बैशाख २९,
सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचारभएसंगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तउपर थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं प्रहरीले जनाएको छ ।