आइतवार, जेष्ठ १४, २०८०

महासंघको नाममा अनधिकृत गतिविध नर्गन अर्याल र पन्तलाई आदेश

काठमाडौं बैशाख २९,

विश्व हिन्दु महासंघको नामबाट पूर्वसचिव चक्रबन्धु अर्याल र शास्त्रदत्त पन्तलगायतका गतिविधिलाई अनधिकृत र गैरकानुनी भन्दै अदालतले रोक लगाएको छ ।  यसअघि विश्व हिन्दु महासंघको १०औं महासभाले २०७८ मंसिरमा अस्मिता भण्डारी [टीकादेवी] लाइ दिएको कार्यवाहक अध्यक्षको जिम्मेवारीले २०७९ सालमै वैधानिकता पाएसंगै अर्यालले आफुलाइ महासंघको निमित्त अध्यक्ष र पन्तले निर्वाचन संयोजक भन्दै बैशाख २१ मा निर्वाचन अधिवेशन बोलाउने जस्तो संस्थागत मान्यता विपरितका क्रियाकलाप गर्दै आएको थियो ।

पूर्वसचिव चक्रबन्धु अर्याल र शास्त्रदत्त पन्तको अराजक क्रियाकलापविरुद्ध कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उच्च अदालतले तत्काल बैशाख १९ मै अन्तरकालीन अन्तरिम आदेश दिँदै २७ गते बुधबार छलफलका बोलाएको थियो । त्यसका वावजुद पनि अर्याल र पन्तलगायतलाई अनधिकृत र गैरकानुनी काम नगर्न नछोडेपछि उच्च अदालत पाटनले बुधबार अर्याल र पन्तलगायतलाई महासंघको नाममा कुनै भेला र गतिविधि नगर्न नगराउन पूर्व आदेशलाइ निरन्तरता दिदै महासंघको नाममा कुनै भेला र गतिविधि नगर्न नगराउन अन्तरिम आदेश जारी हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930