आइतवार, जेष्ठ १४, २०८०

बुद्ध जयन्तीको अवसरमा अन्तरक्रिया

काठमाडौ बैशाख २३ ,
बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघद्वारा राजधानीको स्वयम्भुस्थित किमडोलमा संबोधी सत्व स्कुलमा  शुक्रवार बुद्ध र उनको शिक्षा विषयक कार्यक्रमको  आयोजना गरेको छ।  कार्यक्रममा संघका अध्यक्ष छोग्याल रिन्पोछेले बौद्ध शिक्षा, योग अभ्यास र ध्यानलाई सर्वव्यापी गर्दै लैजाने उद्घोष गरे । साथै रिन्पोछेले सहभागीहरुलाई साधना र योगाभ्यास समेत गराएका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै लोवपोन साङगे रिन्छेन,लोचावा पुण्यप्रसाद पराजुली र लोब्पोन नाम्ग्याल,नेपाल बौद्ध संघका प्रवन्ध निर्देशक सर्विन्द ठाकुरले बुद्ध जयन्तीको महत्व माथि प्रकाश पार्दै गौतम बुद्धले सिकाएका पञ्च शिलाबारे संक्षेपिकरण गरेका थिए भने खेन्पो ङवाङ ह्वइसेरले चार आर्य सत्यलाई ब्याख्या गरेका थिए । त्यस्तै बुद्धवचन अनुवाद समितिका अध्यक्ष टिका शेर्पाले आर्य आष्टाङगिक मार्गका बारेमा प्रष्ट्याउनुभएको थियो ।

नेपाल बौद्ध संघ आज भन्दा ७ बर्ष पहिले स्थापना भएको हो । संघले भूकम्प पछि १०८ वटा गुम्बा पुननिर्माण गर्ने लक्ष्य बोकेको थियो । जस अनुसार हालसम्म १९ वटा गुम्बाको पुन निर्माण भइसकेको छ भने बाँकी पुन निर्माणको प्रक्रियामा रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा बुद्ध बचनको अमृत बोलको गीत सार्वजनिक गरिएको थियो । दुर्गालाल श्रेष्ठको शब्द तथा न्ह्यु बज्राचार्यको संगीत रहेको उक्त गितमा संघका अध्यक्ष छोग्याल रिन्पोछेले स्वरबद्ध गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930