शनिबार, बैशाख २२, २०८१

विश्वासको मतको प्रस्ताव अस्वीकृत,लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढल्यो

काठमाडौं वैशाख ११,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन प्रदेशसभा बैठकमा गरेको प्रस्तव अस्वीकृत भएसंगै लुम्बिनी प्रदेशमा नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीको नेतृत्व गर्दै आइरहेको नेकपा एमालेको प्रदेश सरकार ढलेको छ ।

नेकपा माओवादी केन्द्रको समर्थनमा सहित मुख्यमन्त्री गिरीको नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारलाइ नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मतको प्रस्ताव पेश गरेको हो ।

८७ जना सांसद रहेका लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि गरेको प्रस्तावको पक्षमा ३३ मत र विपक्षमा ५३ मा खसेको  हो। यस प्रदेशमा सरकार गठनको लागि ४३ मत आवश्यक रहन्छ तर मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरेका कारण मुख्यमन्त्री गिरीले विश्वासको मत पाउन असफल भएसंगै स्वतः पदमुक्त भएको हो ।

यसवीच नेकपा एमालेको नेतृत्वमा रहेको चार वटा प्रदेश सरकार मध्ये परिवर्तित केन्द्रीय सत्ता समिकिरण पछि तीन वटा प्रदेशसरकार क्रमस सुदूरपश्चिम र गण्डकी र लुम्बिनी प्रदेश ढलेको छ ।