शनिबार, बैशाख २२, २०८१

प्रमुख तीन दलका शीर्ष नेताको बैठक: लाग्यो ससदीय समिति नेतृत्वको टुंगो

तस्बिर : प्रदीपराज वन्त

काठमाडौं वैशाख ११,
आज सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता र दलका प्रमुख सचेतबीचको बैठकले ससदीय समिति नेतृत्वको टुंगो लगाएको छ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सोमबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति सहित नेतृत्वको टुंगो लगाएको हो।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानी गर्नेक्रममा बैठकमा सहभागी एमालेका प्रमुख सचेतक पदम गिरीले दिनु भएको जानकारी अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको बताउनुभयो। साथै उहाँले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समितिको नेतृत्व समेत पाउँने सहमति भएको बताउनुभयो ।

त्यस्तै बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाएर छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति संगै संसद भित्र भएका सबै राजनीतिक दलसँग आपसमा सहमतिका आधारमा नै संसद सञ्चालन गरेर अघि बढ्ने सहमति अनुसार शीर्ष दलका नेताबीच सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।