शनिबार, बैशाख २२, २०८१

उपनिर्वाचन मतगणना परिणाम: तनहुँ १ मा वाग्लेको अग्रता, चितवन र वारामा गणनाको तयारी हुँदै

काठमाडौं बैशाख ११ ,
प्रतिनिधिसभा सदस्यका लागि आइतवार सम्पन्न उपनिर्वाचन अन्तर्गत तनहुँ १ को मतगणना जिल्ला समन्वय समिति दमौलीमा जारी रहेको छ । ६३ हजार ७५७ मत खसेकामा १६ हजार ३४३ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाको प्राप्त पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्लेले ९ हजार २०२ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मत मात्रै पाएका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको थाहा भएकोछ।

त्यस्तै चितवन २ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको र यो बैठकको निर्णय अनुसार मतगणनाको कार्यारम्भ गर्ने तयारी रहेको छन् बारा २ मा ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको छ ।