आइतवार, जेष्ठ ६, २०८१

मिटरब्याज पीडितहरुको प्रदर्शनमा गृहमन्त्री नारायणकाजीको राजीनामा माग

काठमाडौ बैशाख ५,
मिटरब्याज पीडितहरूले आजपनि माइतीघरमा मण्डलामा प्रदर्शन गरेका छन । सोमबार शान्तिवाटिकाको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी धरपकडसंगै थप उग्र बनेका पिडितहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो ।

प्रदर्शनको क्रममा पीडितहरूले गृहमन्त्री श्रेष्ठविरूद्ध नाराबाजी सहित आफूहरूका माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको जनाउ दिएका छन ।

साथै आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन ।