बुधबार, बैशाख १२, २०८१

मछिन्द्रनाथको रथयात्रा

काठमाडौं चैत १५,
वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु भएको छ । रथ जात्राको पहिलो दिन राजधानीको जमलस्थित तीनधारा पाठशालामा आज अपरान्ह मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु गरिएको हो ।

मछिन्द्रनाथको रथारोहणको क्रममा मछिन्द्रनाथको मूर्तिलाई केलटोलबाट खटमा राखि जमल पुर्याउँने र त्यपछि ३२ हात लामो तथा ९ तल्ले रथमा विराजमान गराई रत्नपार्क, भोटाहिटी, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा पुगेर पाँचौ दिनमा रथयात्रा समापन गर्ने प्रचलन रहिआएकोछ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएकोछ छ ।

त्यस्तै रथायात्राको आज पहिलो दिन रथलाई जमलबाट रत्नपार्क, भोटाहिती हुँदै असन ल्याइ विश्राम गराइन्छ । रथायात्राको क्रममा महानगर प्रमुख वालेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।