काठमाडौं चैत १७,
नेपाल पत्रकार महासंघको आयोजनामा राष्ट्रिय मिडिया सम्मेलन लुम्बिनीमा सुरु भएको छ । देशभरका पत्रकार महासंघका प्रदेश अध्यक्ष , महासचिव र जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरू सम्मेलनमा सहभागी रहेको प्रस्तुत सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नु भएको हो । सम्मेलनले मिडिया सञ्चालन सम्बन्धी नीतिगत विषयमा छलफल सहित लुम्बिनी घोषणापत्र जारी गर्ने छन ।
यसैवीच सम्मेलनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ । राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
त्यस्तै मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउँदै राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको र आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन्, दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुराएका छन्, अबका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी रहेको उहाँको भनाइ रहेको थियो ।
यसैगरी, कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार डा। महेन्द्र विष्ट ,सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्य , लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी लगायतले वोल्नुभएको थियो ।
त्यस्तै महासंघले शुरु गरेको सदस्यता शुद्धीकरण अभियानको पक्षमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत , नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल , प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिदै श्रमजीवी सञ्चार ऐन पूर्णरुपमा कार्यान्वयन संगै सदस्यता शुद्धीकरणमा निर्मम रुपमा प्रस्तुत हुनुपर्ने बताउँनुभयो ।