शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो

काठमाडौं चैत १३,
मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ ।  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबारबिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने गरि मिति परिवर्तन गरिएको जानकारी दिनुभएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक कांग्रेस पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्नेछ ।