शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणको जोखिम फेरि बढ्यो ,आज मात्रै ६९ जना संक्रमितको पहिचान

काठमाडौं चैत १३,
नेपालमा पछिल्लो समय कोभिड संक्रमणको रफेतार फेरि बढेन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एकैदिन ६९ जना संक्रमित भएको जनाएसंगै कोभिड संक्रमणको जोखिम फेरि बढेको हो ।

मन्त्रालयका अनुसार ४८८ पीसीआर परीक्षणको क्रममा २५ जना र ७७८ एन्टिजेन परीक्षणबाट ४४ जना संक्रमित पाइएको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार पीसीआर परीक्षणको क्रममा एकैदिन २५ संक्रमित फेला पर्नु आफैमा जोखिमको विषय भएका कारण आवश्यक सर्तकता अपनाउँन मन्त्रालयले सवैमा आग्रह गरेको छ । त्यस्ते यसवीचमा छिमेकी मुलुक भारतमा समेत कोभिड संक्रमितको सख्या बढेको मन्त्रालयले जनाएको छ।