शनिबार, जेष्ठ २०, २०८०

राजनीति समाज र जनसेवाप्रति अभिप्रेरित हुनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं चैत १३,
राष्ट्रपति रामचन्द्र पौडेलले आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच पूर्व मन्त्री स्व:नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै राजनीति समाज र जनसेवा प्रति समर्पणको भाव सहित अभिप्रेरित हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहँँले सम्बा]धनको क्रममा नविन्द्र जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

कार्यक्रमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायतले नेता जोशीले मुलुकमा लोकतन्त्रको स्थापनाको लागि गर्नु भएको योगदानको स्मरण गर्नुभएको थियो । नेता जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो ।