शुक्रबार, बैशाख १४, २०८१

सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिको अन्त्य हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड

काठमाडौं चैत १२,
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभएकोछ ।
सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा वोल्दै मन्त्री श्रेष्ठले जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन नसकेकोमा b]v];f] ub}{ काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनु पर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती गर्न निर्देशन दिनुभएको हो ।

त्यस्ते उहाँले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिदै विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत कडा निर्देशन समेत दिनुभएको छ ।