शनिबार, जेष्ठ २०, २०८०

सत्तारुढ दलका बीचमा मन्त्रालयको भागबण्डाको प्रसंग छलफलकै क्रममा छ : उपसभापति खड्का

 काठमाडौं चैत १२,
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारुढ दलका बीचमा मन्त्रालयको भागबण्डा नटुङ्गिएको बताउनुभएको छ।

उपसभापति खड्काले मन्त्रालयको भागबण्डाको विषयमा गठबन्धन दलका नेताका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुङ्गो नलागेको बताउनुभएको हो ।

त्यस्तै उहाँले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताउँदै सबै विषय छलफलको क्रममा रहेको बताउनुभयो ।

यद्यपी प्रस्तावित प्रसंगले अवको एकाध दिनमानै पूर्णता पाउने भन्दै नेता खड्काले सबैको सहमति र सहभागिता, सबैको उचित प्रतिनिधित्व हुने गरी सरकार विस्तारको प्रसंगलाइ टुङ्ग्याइने बताउनुभयो ।