काठमाडौं चैत १२,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै मन्त्रिपरिषद विस्तारको प्रसंगले पूर्णता पाउने बताउनुभएको छ।
आइतबार सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनका दलका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको जनाउ सहित यस्तो अभिव्यक्ति दिनुभएको हो
।
साथै उहाँले बजारमा हल्ला चलेजस्तो आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताउनुभयो। उहाँले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो।