बुधबार, बैशाख १२, २०८१

सात दिनभित्र अनाधिकृत बस्ती हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौं चैत ११,
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन साताव्यापी निर्देशन दिएको छ ।  महानगरले आज एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी किनार र नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा बनाइएका संरचना तथा अनाधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।

त्यस्तै प्रकाशित सूचनामा महानगरले पटक पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने उल्लेख गरेका छन।