काठमाडौं चैत १०,
प्रत्येक वर्ष भाइटिकाका दिनमात्र सर्वसाधारणका लागि खुला हुने रानीपोखरी अवका दिनमा प्रत्यके दिन बिहान ६ देखि ८ बजेसम्मका पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ ।
०७२ बैशाख १२को विनाशकारी महाभुकपपछि भएको पुनर्निर्माणसंगै काठमाडौँ महानगरपालिकाले आवश्यक सरसफाइ पछि आजबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएकोछ ।
प्रवक्ता मानन्धरले रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट सर्वसाधारणहरुको रानीपोखरीमा जाने क्रम बढेको उहाँले बताउनुभयो । रानीपोखरी पुनर्निर्माण एवमे औपचारिक ृद्घाटनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई हस्तान्तरण गरेको हो ।