शुक्रबार, बैशाख १४, २०८१

आसन्न उपनिर्वाचनमा रास्वपा तीन वटै निर्वाचन क्षेत्रमा एक्लै भिड्ने

काठमाडौं चैत १०,
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले वैशाख १० मा हुन लागेको आसन्न उप उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।  आगामी बैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचनमा गठबन्धन बिना उम्मेदवार दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२मा केन्द्रीय सदस्य गणेश कार्कीलाइ संयोजक तोकिएको छ ।