बिहिबार, बैशाख १३, २०८१

भारतीय कांग्रेसका नेता गान्धीको लोकसभा सदस्यता[सासंद] पद खारेज

समाचार एजेन्सी, काठमाडौं चैत १०,
भारतको सुरत जिल्ला अदालतले चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दाको अन्तिम फैसला गर्दै दुई वर्ष जेल सजाय सुनाएको भोलीपल्टै भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेजी भएकोछ ।

अदालतले दुई वर्ष जेल सजाय फैसला सुनाएसंगै लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा सहित केरलका वायनाडका लोकसभा सदस्य गान्धीको संसद सदस्यता खारेज गरेको हो। गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।

कांग्रेस नेता गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे टिप्पणी गर्दै सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्दै दिएको अभिव्यक्ति विरुद्ध भाजपाका एक नेता एवम् पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीको उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका अदालतमा मानहानी मुद्दा दायर गरेका थिए।

यद्यपी अदालतले गान्धीलाई फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समयसिमा सहित तत्कालका लागि उनलाई धरौटीमा रिहा गरेको  भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।