बुधबार, बैशाख १२, २०८१

महिला रेडियोकर्मी ताम्राकारको निधनले महासंघ स्तब्ध

 काठमाडौं चैत १०,
नेपाल पत्रकार महासंघले रेडियो नेपालमा पहिलो पटक समाचार वाचनमा संलग्न महिला रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा उपचारको क्रममा भएको दुःखद् निधनको खबरले स्तब्ध भएको जनाएको छ ।

निमोनियाबाट पीडित ताम्राकारको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा चैत्र ९ गते बिहीबार राति १०ः१० बजे निधन भएको हो । उहाँका तीन छोरी हुनुहुन्छ । जसमध्ये एक छोरी ग्रिष्मा राजभण्डारी सञ्चारकर्मी हुनुहुन्छ । स्वर्गीय ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

वि।सं। २०१८ साल जेठ २४ गते रेडियो नेपालको सेवामा प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनसँगै समाचार सम्पादकको रूपमा पनि काम गर्नुभएको थियो । समाचार वाचनसँगै उहाँले रेडियो नेपालमा नासो तथा वन र वातावरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेवापत सन् १९८९ मा उहाँलाई राष्ट्रसंघीय वातावरण कार्यक्रम ९युनेप० अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड प्रदान गरिएको थियो ।

पछिल्लो समय इमेज एफएम ९७।९ मा उज्यालो कार्यक्रम सञ्चालन गर्दै आएकी ताम्राकारलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७४ सालमा वरिष्ठ पत्रकार सम्मान गरेको थियो ।

उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले एक परिपक्क, योग्य, अनुभवी महिला रेडियोकर्मी गुमाएको छ । रेडियो पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय ताम्राकारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरिएको छ ।