बुधबार, बैशाख १२, २०८१

नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक बस्दै

 

को बन्ला नयाँ आईजीपी ?

काठमाडौं चैत १०,
आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। आजअपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

 प्रहरी महानिरीक्षक सिंहको अवकाशसँगै ३०औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षकहरुबीच तीव्र प्रतिस्पर्धा छ । गत ६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार रहेका छन् । यी ५ जनामध्येबाटनै नेपाल प्रहरीका ३०औँ आईजीपी नियुक्त हुने भएको हो ।