शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार

 काठमाडौं चैत १०,

 राष्ट्रिय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज एक कार्यक्रमकावीच सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नु भएको हो ।

यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । २०६८ सालमा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार रहेको थियो ।