शनिबार, बैशाख ८, २०८१

५० हजार रुपियाँ घुस लिने वडाध्यक्ष र सचिव अख्तियारको फन्दामा

काठमाडौं चैत ९, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास   टोलीले   जनकपुरधाम उपमहानगरपालिका वडा नं।११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा बुधवार पक्राउ  गरेको छ ।

आयोगले  पक्राउ परेको  वडाध्यक्ष  चौधरी र वडा सचिव   रायलाई  जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस–रिसवत लिदै गरेको  अवस्थामा  पक्राउ  गरेको     जारी   प्रेस विज्ञप्तिमाफृत जनाएकोछ ।